Sajjal Kerung
Hello This is Sajjal Kerung.
सज्जल केरुंग
नमस्कार मा सज्जल केरुंग हुं |
Sajjal Kerung
HI This is my personal blog ok.
Nepal
I am Nepali.
Operator
I am a computer Operator of Peoples Times National Daily.
Monday, 26 January 2015
Friday, 25 November 2011
लिम्बुवान र नेपालको राजनीित
नेपाली राजनीतिमा लिम्बुवान स्थापित मुद्दा हो । लिमुवान आन्दोलन नेपालको स्वायत्त राज्य प्राप्तिको आन्दोलनको अग्रणी स्थानमा रहेको छ । लिम्बुवान निरन्तर नदी जस्तै बग्ने आन्दोलनको नाम हो । यसको उचाई निरन्तरताको जगमा उभिएको छ ।
लिम्बुावन आन्दोलन पृथ्वीनारायण शाहले वि।सं। १८३१ साउन २२ मा एकीकरणको नाममा लालमोहर सन्धि गरेदेखि नै विभिन्न रुपमा प्रारम्भ हुदँै आएको छ । र यो निरन्तर २४० वर्षदेखि जारी छ । २०६२ साल मंसिरदेखि लिम्बुवान आन्दोलनको व्यापक जनसहभागिता सहित संस्थागत रुपमा अगाडि बढिरहेको छ । अब यो आन्दोलन कहिलेसम्म यस्तै गरि जारी रहने र आन्दोलनकारी दलहरुले कहिलेसम्म जारी राख्ने भन्ने विषय अहिलेको मूल प्रश्न बनेर आएको छ ।
संविधानसभाको राज्य पुनस्रंरचना तथा राज्य शक्तिको बाँडफुड समितिले १४ ओटा राज्य मध्ये एक लिम्बुवान राज्य प्रस्ताव गरेको छ । लिम्बुवानको सिमानाको बारेमा आम जनता तथा आन्दोलनकारीको माग अरुण सप्तकोशी नदी पूर्वका अहिलेका नौ ओटै जिल्ला सहितको लिम्बुवान राज्य हुनुपर्दछ भन्ने छ तर संविधानसभाको मसौ्रदा त्यसरी आएको छैन ।
अन्तत लिम्बुवान राज्यको सिमाना र अधिकारका कुरा आएर आन्दोलन झन चर्किने सम्भावना बढेर गएको देखिन्छ । यस्तो परिस्थितिमा यो लेखमा लिम्बुवान के हो कसरी बन्यो लिम्बुवानको राजनीतिक इतिहासको बारेमा सारांशमा उल्लेख गर्ने जमर्को गरेको छु ।
लिम्बुवानी राजनीतिको विगतका पाटो
किरात सभ्यात अन्तर्गत भुमि रक्षाको राजनीतिक क्रान्तिले जन्माएको नाम हो लिम्बुवान । लिम्बुवान भुमिलाई पहिला फेदाप भनिन्थ्यो । लिम्बुवान राज्य स्थापना हुन पहिला किरातीहरुले लामो समयसम्म काठमाण्डौ उपत्यकामा शासन चलाएका थिए । त्यहाँ राज्य चलाउने मध्ये योक्नेहाङ अन्तिम किराती राजा थिए । इतिहासकार बाबुराम आचार्यका अनुसार इस्वी सम्बत् २५० मा किरातीहरुलाई लिच्छविहरुले काठमाण्डौ उपत्यकाबाट हटाएका थिए । योक्नेहाङ पछिका किराती राजा लिलिमहाङले आफ्नो राजधानी काठमाण्डौ उपत्यका बाहिर बनेपामा बनाए । लिच्छविहरुले किराती राजा लिलिमहाङको राजधानी बनेपामा पनि आक्रमण गर्ने खबर पठाए पछि राजा लिलिमहाङले पुन राज्य बलियो बनाई लिच्छविहरु माथि आक्रमण गर्ने निश्चय गरी राजधानी सार्ने ठहर गरे तर लिलिमहाङका सहोदर भाई खाम्सोसोहाङले दाईको राजधानी सार्ने प्रस्तावलाई अस्वीकार गरे । त्यसपछि लिलिमहाङले साँगाभन्ज्याङदेखि पूर्व दुधकोशी पश्चिमको सम्पूर्ण भू-भागलाई खाम्सोसोहाङलाई छोडी र राजा लिलिमहाङ पूर्वतिर लागे ।
बनेपामा राजधानी बनाई बस्ने क्रममा खाम्सोसोहाङ सुनुवार चेपाङ हायु आिद किरातीहरुबाट उचालिएका थिए । किरात कुल घरानाबाट सुनुवार चेपाङ हायुहरुले बनेपाको राजधानी छोडी अन्यत्र राजधानी सार्ने राजासँग जाँदैनौ बरु राजाकै भाई खाम्सोसोहाङलाई राजा बनाई लिच्छविसँग लडि नेपाल खाल्डो जिति बस्छौँ भनी लिलिमहाङलाई बताए । लिच्छविहरुले खाम्सोसोहाङलाई परास्त गर्न पुनः सोही सुनुवार चेपाङ हायु किरातीहरुलाई मुखिया बनाउने लोभमा आफ्नो पक्षमा पारे र खाम्सोसोहाङलाई एक्लो बनाए । त्यसपछि लिच्छविहरुको आक्रमण परि बनेपाबाट खाम्सोसोहाङ पूर्व तर्पु भागे । त्यस क्रममा रोसी खोला हुँदै लिखु खोला तरी दुधकुण्ड पुगे । त्यही क्रममा मुकली स्थित दरेप भन्ने ठाउँमा राजधानी बनाई बस्न थाले । हाल त्यो ठाउँ खोटाङवासीले दोरपा भन्ने गर्छन । खाम्सोसोहाङले दोरपालाई दिवालपुर नाम राखी खम्बुक यक बनाई राज्य गर्न थाले । यही क्षेत्रलाई अहिले खम्बुवान भनिन्छ ।
उता पूर्वतिर जाने दाई राजा लिलिमहाङले त्यतिखेर ५२ हजार जनता र सेना लिएर सुनकोशी नदी हुँदै अरुण तरी तमोरको किनारै किनार गएर सुसुवादेन पुगे र त्यही ठाउँलाई राजधानी बनाएर बस्न थाले । त्यो ठाउँ हाल तेह्रथुम जिल्लाकेा ओख्रे गाविस वार्ड नं। ७ मा पर्दछ । ओख्रे नम हुन भन्दा पहिला यस इलाकालाई सुदाप भनिन्थ्यो । सुदापको पुरानो नाम सुसुवादेन थियो । राजा लिलिमहाङको सन्तानले आफ्नो राज्यलाई याक्थुङ लाजे भन्न थाले र अहिले पनि लिम्बुवानवासीको जनजिब्रोमा याक्थुङ लाज भन्ने पाईन्छ ।
फेदापमा राजधानी बनाएर बस्ने राजा लिलिमहाङका १ होन्देनहाङ २ योकेतेनहाङ ३ चेस्वीहाङ ४ लारासो पाङबोहाङ ५ खेसिवाहाङ ६ इकाङसोहाङ ७ खादिहाङ ८ इमेहाङ गरि आठ ८ जना सन्तान थिए ।
राजा लिलिमहाङका यी आठ राजाहरुका सन्तानले दुधकोशी पूर्व टिष्टा पश्चिमका कालेम्पोङ देखि भुटानसम्म राज्य विस्तार गरे । उत्तरतर्पु साङगुतल्याङ र मामेलल्याङ÷दार्जिलि-सिक्किमसम्म राज्य बढाए । मेची इलामका पहाड झापा सिलिगुडी मैनागुडी महाकालगुरी र पश्चिम बंगालसम्म आफ्नो आधिपत्य जमाएका थिए ।
यी आठ राजाहरुले याक्थुङ लाजेलाई आठ प्रान्तमा विभाजन गरी राज्य गरेका थिए । यसबाट राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गरी संघीय शासन साचालन गरेको स्पष्ट हुन्छ । प्रान्त विभाजन गर्दा हाङसेमलुङ ढुङ्गाको सतम्भ÷सङ्केत राख्ने गर्दथे । जसलाई आज हाङसामोङ भनिन्छ । सो स्थानमा याक्थुङ लाजेका आठ राजाहरु वा प्रतिनिधिहरु भेला हुने गर्थे र संघीय सभा साचालन गर्दथे । त्यतिबेला हिँउदको समयमा विजयपुरबाट शासन साचालन गर्दथे भने गर्मीमा पुरानो राजधानी सुसुवादेनबाट राज्य गर्दथे । यी आठ राजाहरुले ई।सं। ६०० छैठौ शताब्दी सम्म आठ प्रान्त कायम गरी प्रान्तीय राज्य साचालन गरेका थिए ।
ई।सं। छैँठौ शताब्दीमा तईस्यानवंशी दश सरदारहरु खामति भन्ने ठाउँबाट आसाम बसाई आए तर त्यहाँ आवाद भईसकेकोले त्यहाँबाट काँशी वनारस पुगे । काँशीमा हिन्दु धर्मको प्रचार भईरहेको र सो धर्ममा सहमित नहुनेलाई देश निकाला गरिने थाहा पाए पछि काँशी छोडी उत्तरपूर्वी पहाडतिर बस्न पुगे । त्यो ठाउँमा आठ किराती राजाहरुले संघीय प्रणालीमा प्रान्तीय शासनको रुपमा याक्थुङ लाजे चलाएर बसेका थिए । दश सरदारहरुले ती आठ किराती राजाहरुलाई बस्नको लागि अनुमति माग गरे । आठ राजाहरुले पनि माग बमोजिम उनीहरुलाई आ-आफ्ना राज्यमा बस्न दिए ।
फेदाप याक्थुङ लाजे मा आफ्नै पाराले शासन गरिरहेका आठ राजाहरुले शानमोकवानी दश सरदारहरुलाई आफ्नो सार्वभौमिकतामा बस्न दिए पछि अको इतिहास शुरु भयो । ती दश सरदारका संख्यामा तीव्र वृद्धि हुन थाल्यो । यिनीहरुले आफूलाई याक्थुङ वंश भन्न थो । जे भएपनि ती दश सरदारहरुका सन्तान आठ राजाहरुकै जनसंख्यामा गनिन्थे । तर यी नौलो रैयातहरुका सन्ता औधी बढेको देखि ती आठ राजाहरुको मनमा राजनीतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो । यिनीहरुको जनसंख्या बढेपछि नियन्त्रणमा राख्न कठिन पर्छ भन्ने शंका ती आठ राजाहरुले सल्ला गरी यी नौला रैयाहरुलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे । र जबरजस्त नियम बनाई लादे जसमा पहिलो जमिनमा तिरो बढाई दिए । दोस्रो निष्ठुर ऐन लागु गरे । तेस्रो तिनीहरुसित दास झैं व्यवहार गर्न थाले ।
दश सरदारहरुले यस्तो अन्याय सहन नसकेपछि पान्थरको फेदेन गढीमा सभाको आयोजना गरे । सो भेलामा गम्भीर छलफल पछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे । तिनीहरुले तीनओटा आँपको विरुवा रोपी पूजा गर्दै पानी लगाउँदै प्रत्येक योद्धाले कसम खाए कि म युद्धमा विजय हासिल गर्ने छु वा मर्नेछु युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म यो देशबाट सामन्ती राजाहरुलाई धपाउने छैन । कतै युद्धभूमि छाडी भागेमा तुरुन्त मृत्यु होस भन्दै प्रत्येक व्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे ।
अन्तत आफ्नै निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देश बाहिर भगाए । आठ राजा मारिए । यसरी शानमकोवानी जनताले त्यो देशलाई आफ्नै जस्तो गरी जफत गरे । यसपछि फेरी तिनीहरुले त्यहीँ पान्थरको फेदेन गढीमा जहाँ आँपको विरुवा रोपेर सपथ लिने कार्य भएको थियो त्यस ठाउँलाई आम्वेपोजोक्मा भन्ने गरिन्छ सोही ठाउँमा भेला भई ठुलो सभा गरे । सभामा अब यो मुलुकको नाम के राख्ने राज्य कसरी चलाउने भन्ने विषयमा व्यापक छलफल भयो ।
सर्वप्रथम त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले त्यसको नाम लिम्बुवान लि-धनु आवु-हान्ने वान्-नाम लगाउनु अर्थात लिम्बु भाषामा धनुवाणले जितेको देश-लिम्बुवान राखे ।
दोस्रो त्यो देश दश सरदार मिलि जितेको हुनाले बराबर १० भागमा विभक्त गरी शासन गर्नुपर्छ भन्ने नियम बसाए ।
तेस्रो यो दश प्रदेश लिम्बुवानका वासिन्दाहरुलाई त्यस उप्रान्त दश लिम्बुका वंश हौँ भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर गरे ।
चौथो देशको साँध सिमाना लगाउनु पर्छ भन्ने निश्चय गरे र लिम्बुवानको सिमाना उत्तरमा तिब्बत दक्षिण पूर्णीया जलालगढ पूर्वमा टिष्टा र पश्चिममा दुधकोशी नदी निर्धारण गरे ।
साथै आ-आफ्नो राज्यमा शासन गर्न ४४ बुँदे राजनीतिक थिति संविधान ६ बुँदे धार्मिक नीति २० बुँदे कृषि ऐन र ४ बुँदे सामाजिक थिति समेत तय गरे । यी सबैलाई दश लिम्बुवानको थिति मानिन्छ ।
दश लिम्बुवान राज्यहरु १। लादोहाङ राज्य ः लादोहाङ चौविस मिकलुक क्षेत्रलाई तोकियो । यसको राजधानी साँगुरी गढ थियो । यस प्रान्तको दक्षिणी सिमाना जलालगढ भारतको पुर्णीया सम्म थियो । २। खेवाहाङ राज्य ः खेवाहाङ छथर क्षेत्रलाई तोकियो । यसको राजधानी ताक्लुङयक सुसुवादेन थियो । यस राज्यको पश्चिमी सिमाना दुधकोशीसम्म थियो । ३। साम्बाहाङ राज्य ः साम्बाहाङ राज्य तमोर क्षेत्रलाई तोकियो । यसको राजधानी गढ तमोर थियो । ४। आङबोहाङ राज्य ः यो तेह्रथुम र ताप्लेजुङ जिल्लाको आठराई क्षेत्रलाई तोकियो । यसको राजधानी पोमेजङ थियो । ५। खोयाहाङ राज्य ः खोयाहाङ राज्यको क्षेत्र याङवरक थियो । यसको राजधानी हस्तपुर थियो । ६। पापोहाङ राज्य ः पापोहाङ राज्यको क्षेत्र पान्थर हो । यसको राजधानी यासोक थियो । ७। फेदापहाङ राज्य ः फेदापहाङ राज्यको क्षेत्र फेदाप थियो । ८। इमेहाङ राज्य ः इमेहाङ राज्यको क्षेत्र फाकफोक चारखोल थियो । यसको राजधानी आङदाङ गढ थियो । ९। पेरुहाङ राज्य ः म्याङलुङ क्षेत्र थियो । यसको राजधानी थलागढ थियो । १०। सेरिङहाङ राज्य ः सेरिङहाङ राज्यको क्षेत्र मेवा र मैवा थियो । यसको राजधानी मेरिङदेन थियो ।
लिम्बुवानको कुरा गर्दा १७ थुमको कुरा बारम्बार आईरहन्छ । ती थुमहरु १। मेवा खोला २। मैवा खोला ३। तमोर खोला ४। माङरुप थुम ५। पान्थर नुभो उत्तर र दक्षिण ६। संखुवा उत्तर ७। सभा उत्तर ८। छथर ९। फेदाप १०। आठराई ११। जलहारा बेलहारा १२। सोह्र खाल्सा १३। दश मझिया १४। चैनपुर १५। पाँच खपन १६। चौबिस मिकलुक १७। फाकफोक थुम चारखोल थिए ।
यस लेखमा किरात कालदेखि लिम्बुवान राज्य निर्माणको प्रारम्भको अवस्थासम्मको सारांश उल्लेख गर्ने कोशिस गरिएको छ । यही दश लिम्बुवानले राज्य गरिरहेको अवस्थामा गोर्खाली सेनाले दश लिम्बुवान माथि १७ पटक आक्रमण गर्दा पनि लिम्बुवानलाई परास्त गर्न नसके पछि वि।सं। १८३१ साउन२२ गते पृथ्वीनारायण शाह र लिम्बुवानबीच लालमोहर सन्धी भएपछि लिम्बुवान एकात्मकवादीहरुको हातमा गयो । र त्यसपछि नै क्रमश पुनः लिम्बुवान प्राप्तिको आन्दोलन प्रारम्भ भएर आयो । यसरी लिम्बुवान प्राप्तिको आन्दोलन चलेको करिब २५० वर्ष भईसकेको छ । अहिले हामी आधुनिक लिम्बुवान प्राप्तिको महान अभियानको निर्णायक अवस्थामा रहेका छौँ । अहिले चलिरहेको संविधानसभाबाट लिम्बुवान राज्यको घोषणा हुन नदिने षड्यन्त्र तिव्ररुपमा बढेको छ । एकात्मकवादीहरुले लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्ने मागलाई नेपालको राष्ट्रिय राजनीतिक मुद्दाको रुपमा स्वीकार्न सकेका छैनन् । अब पनि लिम्बुवान प्राप्तिको आन्दोलनलाई नयाँ ढङ्गले गम्भीर भएर नसोच्ने र संगठित भएर नलाग्ने हो भने एकात्मकवादीहरुको दास भएर अरु २५० वर्ष कसो नबित्ला |
sajjal_kerung2011@yahoo.com

Tuesday, 25 October 2011
My all Informations
My Contact Address:
Country = Nepal
Zone = Mechi
District = Jhapa
City = Damak
Ward No. = 10
Tol = Gorkhali Tol
Contact Number = 9842649019
My Interests:
1. Astronomy
2. Chess
3. Computer activities
4. Electronics
5. Football
6. Reading
7. TV watching
8. Video Games
9. Juggling
10. Educational Courses
11. Digital Photography
My Likeable things:
1. Film= Spy kids,Avatar & other adventure and Science Fiction English Films
2. Music= Shakira's Waka Waka and other English Songs.
3. Field= Technology, Astronomy, Mechanics, Computer Engineer
4. Food= All Nepali Items
5. Dress= Shirt and Paint
6. Color= Red, Green, Blue
7. Person= Micheal Faraday, Albert Einstein, Thomas A. Edison , G. Marconi etc.
8. Book = About Science and Technology+ All Good Nobel
9. Games = Chess, Football, Computer Games etc.

About Me
Hi, This is me Sajjal Kerung From Damak, Nepal. I am a very quick mind man in Computer & Internet. So I like to working with Computer. Now I am doing online job as well as teacher in Friends Multiple Institute. I only completed the computer basic and software Diploma but I have also skills in Programming and Hardware, Networking. As well as I am a student of Science in College. So I want always know about Science and Technology. I most like astronomy Science. So I always browse www.nasa.gov for latest news about Astronomy Science. And I start a blog for who is also same interest in Astronomy as I. So Don't missed to check my blog for astronomy science. I post latest news about astronomy science and technology at www.sajjalk.blogspot.com. So your more time is save which is lost when you browsing more site. If you want latest post and comment in Facebook of astronomy. Also visit my Facebook profile and group at www.Facebook.com/sajjalk . At end of my homepage you can visit my other page like, my blog, my full information, My Family members, My Photo Gallery, My House in Google Earth, My Online Contacts& My Websites, My Interest, Create new Account, My Software Collection& Site.